काठमाडौँ / किसान लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर (एफपीओ) निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशनको अनुमतिका लागि बोर्डमा असार २९ गते निवेदन दिएको हो ।
संस्थाले प्रतिकित्ता १२५ रुपैयाँमा १६ करोड २२ लाख ८२ हजार ४३६.२५ बराबरको एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।
संस्थाको एफपिओ विक्री प्रबन्धक मामुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गर्ने एफपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा मध्यम जोखिम रहेको जनाउने सङ्केत बीबी माइनस रेटिङ प्रदान गरेको छ ।