चर्चित समाचार
  • विश्वमा च्याउ उत्पादनका लागि कस्ता प्रविधिहरू आएका छन् ? डा. राउत यसो भन्छन् 

    विश्वमा च्याउ उत्पादनका लागि कस्ता प्रविधिहरू आएका छन् ? डा. राउत यसो भन्छन् 

    अर्थ डबली
    बिहिवार, फागुन १९ २०७८
    अर्थ डबली
    बिहिवार, फागुन १९ २०७८ (अर्काइभ बाट)
  • विश्वमा च्याउ उत्पादनका लागि कस्ता प्रविधिहरू आएका छन् ? डा. राउत यसो भन्छन् 

    जापानको चिवा विश्वविद्यालयबाट २०११ मा कोप्रिनस प्रजातिको च्याउमा पिएचडी गरेका डा. जयकान्त राउत नार्क हुँदै हाल नाष्टमा कार्यरत छन् । नेपालका  विभिन्न ठाउँमा च्याउको प्रजातिहरूमा अध्ययन अनुसन्धान गर्दै आइरहका डा. राउत च्याउ खेती पछिल्लो समय निकै एड्भान्स भइसकेको बताउँछन् । 

    images

    उनी भन्छन् “उत्पादन पूर्ण रूपमा अटोमेसनमा गएको छ । जहाँ हरेक स्टेपमा मेसिनको प्रयोग हुन्छ । मानवीय जनशक्ति कम हुन्छ । नेपाल जस्तो मुलुकका लागि यो स्वीटेबल छैन । युरोप, अमेरिका वा एशियामै पनि कोरिया, जापानजस्ता मुलुकले हाइटेक प्रविधि अपनाएका छन् ।”

    हामीकहाँ लो टेक्नोलोजी अर्थात सस्तो खालको प्रविधिमा चलिरहेको छ । विदेशतिर हाइटेक प्रविधिबाट अर्बौ रुपैयाँको च्याउ निर्यात गरेर आम्दानी गरिन्छ । ठूलो इन्डष्ट्रिको रूपमा उदाएका छन् । नेपालमा पनि केही किसानहरू हाइटेकमा प्रवेश गर्ने कोशिसमा छन् । 

    च्याउ खेतीका लागि काम नलाग्ने कुराहरू जस्तै, घाँस, पराल, काठ आदि जम्मा गरेर हाइ भ्यालु फुडमा कन्भर्ट गरिन्छ । यसकारण च्याउ खेतीलाई विश्वमै इफिसिएन्ट र राम्रो क्वालिटीको प्रोडक्सन गर्ने प्रविधिमध्ये मानिन्छ । 

    भोलिका दिनमा नेपालमा ठूला ठूला इन्डष्ट्रिहरू आएको खण्डमा कच्चापदार्थको समस्या हुन्छ । पराल घाँसको रूपमा पनि प्रयोग हुने भएकोले प्रतिस्पर्धा बढी हुन्छ जसले गर्दा पराल महङ्गो हुन जान्छ । त्यसलाई मध्यनजर गर्दै विकल्प केके हुन सक्छन् भनेर खोजी गर्न थालेका छौँ । चीनले परालको सट्टामा ‘जुङ काउ ग्रास’ विकास गरेको छ । 

    साताको लोकप्रीय