images
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५.२६३ प्रतिशत लाभांश प्रस्ताव, नगद र बोनश शेयर कति ?

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५.२६३ प्रतिशत लाभांश प्रस्ताव, नगद र बोनश शेयर कति ?

सोमवार, कार्तिक ६ २०८०
सोमवार, कार्तिक ६ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५.२६३ प्रतिशत लाभांश प्रस्ताव, नगद र बोनश शेयर कति ?

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कात्तिक ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा कुल ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार रुपैयाँ छ ।

    images
    images

    सोही पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

    यस वर्ष कम्पनीले गत वर्षकोभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ८ दशमलव ५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार