images
images

८ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुन बैंकले कति ?

८ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुन बैंकले कति ?

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • images
    images
    ८ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुन बैंकले कति ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत १९ वाणिज्य बैंकहरू मध्गे हालसम्म ८ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अझै ११ वाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी छन् ।

    images
    images

    मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल १९ वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ८ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । आज मात्र ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।

    यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । साथै, सिद्धार्थ बैंकले पनि नगद लाभांश वितरण नै घोषणा गरेको छ । सिद्धार्थ बैंकले ४।२१ प्रतिशत लाभांश दिँदै छ ।

    पाँच वाणिज्य बैंकहरु दशैंअघि नै वार्षिक साधारण सभा गरेर शेयरधनीको खातामा लाभांश पठाइसकेका छन् । एनआईसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले दशैंअघि नै लाभांश वितरण गरिसकेका छन् ।

    माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गीि कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । यद्यपी यसको बोनस शेयर भने लगानीकर्ताको खातामा आइसकेको छैन् ।

    यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

    साथै, अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको एनआईसी एशिया बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरिसकेको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    साथै, एभरेष्ट बैंकले पनि दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ । उसले वितरण गरेको नगद लाभांश शेयधनीको खातामा आइसकेको छ ।

    यसैगरी, सानिमा बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सानिमा बैंकले वितरण गरेको नगद लाभांश पनि शेयरधनीको खातामा दशैंअघि नै आइसकेको छ।

    लगानीकर्ताहरुले लाभांश घोषणा गर्न बाँकी ११ बैंकले कहिले लाभांश वितरण गर्लान भनेर प्रतिक्षा गरिरहेका छन् । ८ वाणिज्य बैंकले लाभांश वितरण गरिसकेकाले पनि अन्य घोषणा गर्न बाँकी ११ वाणिज्य बैंकले तिहार अगाडि नै लाभांश घोषणा गर्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार