images
images

आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट दिने सम्झौता

आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट दिने सम्झौता

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • images
    images
    आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट दिने सम्झौता

    काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेशन पार्क बीच आइ.ई.एल.टि.एस र पि.टि.ई. को तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिभिल मल, काठमाडौँको आठौँ तलामा रहेको एजुकेशन पार्कमा आइ.ई.एल.टि.एस र पि.टि.ई.को तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । 

    images
    images

    पुस ६ गतेदेखि लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ । 

    आइईएलटिएस र पिटिई कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् । 

    योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरु माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार