images
images

गरिमा विकास बैङ्कको सिइओ बने नायब प्रमुख कार्यकारी अधिकृत उपाध्याय

गरिमा विकास बैङ्कको सिइओ बने नायब प्रमुख कार्यकारी अधिकृत उपाध्याय

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • गरिमा विकास बैङ्कको सिइओ बने नायब प्रमुख कार्यकारी अधिकृत उपाध्याय

    काठमाडौँ / गरिमा विकास बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैङ्कको बुधबार बसेको सञ्चालक समितिको ३०४औँ बैठकले सोही बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सिइओमा नियुक्त गरेको हो ।

    images
    images

    उपाध्यायले बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षसम्म बैङ्कमा सिइओको जिम्मेवारी सम्हाल्ने छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैङ्कमा संस्थापना कालदेखि कार्यरत छन् । 

    विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उनी बैङ्किङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए ।

    विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल चैत मसान्तमा समाप्त हुने भएसँगै आगामी बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । 

    साथै, सोही बैठकले विकास बैङ्कमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत १५ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
    काठमाडौँंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार