images
images

गरिमा विकास बैङ्कले मनायो ग्लोबल मनि विक : वित्तीय साक्षरता, अन्तर्क्रिया, शैक्षिक सामग्री वितरणदेखि प्रभातफेरीसम्म

गरिमा विकास बैङ्कले मनायो ग्लोबल मनि विक : वित्तीय साक्षरता, अन्तर्क्रिया, शैक्षिक सामग्री वितरणदेखि प्रभातफेरीसम्म

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • गरिमा विकास बैङ्कले मनायो ग्लोबल मनि विक : वित्तीय साक्षरता, अन्तर्क्रिया, शैक्षिक सामग्री वितरणदेखि प्रभातफेरीसम्म

    काठमाडौँ / गरिमा विकास बैङ्कले ग्लोबल मनि विकको १२औँ शृङ्खला ‘ग्लोबल मनि विक २०२४’ विभिन्न कार्यक्रमहरू गरी रूपमा मनाएको छ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोवल मनि विक ‘प्रोटेक्ट योर मनि सेक्योर आवर फ्युचर’ भन्ने नाराका साथ विश्वव्यापी रूपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाइएको थियो ।

    images
    images

    सो गरिमा विकास बैङ्कले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ-संस्थाहरूसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरू सम्पन्न गरेको छ ।   

    विकास बैङ्कले काठमाडौँ उपत्यकाको हात्तीगौंडा, नयाँबानेश्वरसँगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगढी र लम्कीमा विद्यार्थीहरूलाई शाखा कार्यलयको अवलोकन भ्रमण गराउनूका साथै बाराको सिमरा, सुर्खेतको बिरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ ।

    2.jpg

    उल्लेखित कार्यक्रमहरूबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरूपमा लाभान्वित भएको बैङ्कले जनाएको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरू गर्दै आईरहेको छ ।   

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्क लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार