images
images

गरिमा विकास बैङ्कबाट निवर्तमान सिइओ ढकालले लिए बिदा, नवनियुक्त सिइओ उपाध्यायद्वारा सपथ ग्रहण

गरिमा विकास बैङ्कबाट निवर्तमान सिइओ ढकालले लिए बिदा, नवनियुक्त सिइओ उपाध्यायद्वारा सपथ ग्रहण

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • गरिमा विकास बैङ्कबाट निवर्तमान सिइओ ढकालले लिए बिदा, नवनियुक्त सिइओ उपाध्यायद्वारा सपथ ग्रहण

    काठमाडौँ / विकास बैङ्क लिमिटेडबाट निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द प्रसाद ढकालले बिदा लिएका छन् । शनिबार काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा एक समारोहको आयोजना गरी बैङ्कले निवर्तमान सिइओको बिदाइ गरेको हो ।

    images
    images

    साथै, उक्त समारोहमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) माधवप्रसाद उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

    उक्त समारोहमा विकास बैङ्कको सञ्चालक समितिका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरू, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैङ्कमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरू तथा अन्य कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो । 

    उक्त विकास बैङ्कमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएको हो । 
    बैङ्कको चैत १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औँ बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

    सो कार्यक्रममा पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त सिइओ उपाध्यायले विकास बैङ्कमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैङ्कलाई थप उचाईमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । 

    त्यसैगरी, निवर्तमान सिइओ ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे । 

    News garima1.jpg

    कार्यक्रममा विकास बैङ्कका अध्यक्ष श्यामप्रसाद बस्यालले विकास बैङ्कलाई यो उचाईसम्म पु¥याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे । 

    साथै, नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैङ्क आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए । 

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार