images
images

गरिमा विकास बैङ्क र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल गण्डकीबिच सम्झौता

गरिमा विकास बैङ्क र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल गण्डकीबिच सम्झौता

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • गरिमा विकास बैङ्क र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल गण्डकीबिच सम्झौता

    काठमाडौँ / गरिमा विकास बैङ्क लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबिच एक सम्झौता भएको छ । सदस्य संस्थाहरूलाई बैङ्कको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैङ्कको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् । 

    images
    images

    उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैङ्क लिमिटेडले अधिकतम रू ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रू ५ लाख सम्म को बैङ्क ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ । 

    यी सेवाहरूले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैङ्कले विश्वास लिएको छ ,इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैङ्कको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्नु हुनेछ । 

    साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैङ्कलाई बैङ्किङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैङ्कले टानको केन्द्रिय सङ्गठनसँग काठमाडाँैमा यसै किसिमको सम्झौता गरिसकेको छ ।

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्क लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार