images
images

गरिमा विकास बैङ्क र युनाइटेड ट्रेडर्स सिन्डिकेटबिच सम्झौता, टोयोटा गाडी खरिदका लागि आधार दरमा कर्जा पाइने

गरिमा विकास बैङ्क र युनाइटेड ट्रेडर्स सिन्डिकेटबिच सम्झौता, टोयोटा गाडी खरिदका लागि आधार दरमा कर्जा पाइने

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • images
    images
    गरिमा विकास बैङ्क र युनाइटेड ट्रेडर्स सिन्डिकेटबिच सम्झौता, टोयोटा गाडी खरिदका लागि आधार दरमा कर्जा पाइने

    काठमाडौँ / गरिमा विकास बैङ्क लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिबिच सम्झौता भएको छ । बैङ्क र नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटबिच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरूलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो । 

    images
    images

    उक्त सम्झौता–पत्रमा विकास बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेका छन् । 

    सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरूले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैङ्क लिमिटेडबाट आधार दरमा नै अधिकतमा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन । 

    ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन् । 
    सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेटले गरिमा विकास बैङ्क लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्क लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार