झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • images
    images
    झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

    काठमाडौँ / अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ भने दुईको मृत्यु भएको छ । 

    images
    images

    अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये १६ वटा खच्चड मध्ये ९ वटाको उद्दार गरिएको र अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको स्थानीयले जानकारी दिए । 

    पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो । पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।


    स्थानीयको अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका थिए । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।

    यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार