images
images

आजदेखि सस्तियो पेट्रोल र डिजेल, अब प्रतिलिटर कति ?

आजदेखि सस्तियो पेट्रोल र डिजेल, अब प्रतिलिटर कति ?

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • आजदेखि सस्तियो पेट्रोल र डिजेल, अब प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । 

    घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    मूल्य घटेसँगै चारआली, विराटनगर, जनकपुर, अमेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा, मट्टितेल र डिजेल १५२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    दोस्रो वर्ग अनुसार सुर्खेत र दाङमा पेट्रोल १६४ रुपैयाँ तथा मट्टितेल र डिजेल १५४ रुपैयाँ र तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । 

    भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार