images
images

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घट्यो, प्रतिलिटर कति ?

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घट्यो, प्रतिलिटर कति ?

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घट्यो, प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो।

    images
    images
    images
    images

    सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले मूल्य घटेसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

    यसैगरी, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर निर्धारण गरिएको छ ।

    त्यस्तै, आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । मूल्य घटेसँगै अब अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर तोकिएको छ । 

    notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार