images
images

बेलायत जाँदैछन् हर्क साम्पाङ, उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई दिए कार्यवाहक

बेलायत जाँदैछन् हर्क साम्पाङ, उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई दिए कार्यवाहक

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • बेलायत जाँदैछन् हर्क साम्पाङ, उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई दिए कार्यवाहक

    काठमाडौँ / धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक बनाएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका उनले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

    images
    images
    images
    images

    आफू नआउन्जेलसम्मका लागि भन्दै मेयर साम्पाङले  वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयर तोकेका हुन् । 

    उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई पाँच ओटा कार्य गर्ने गरी मेयरको जिम्मेवारी दिएका छन् । 

    उपप्रमुख बेघा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । 

    साम्पाङले वडाध्यक्ष लोकन्द्र कुमार फागुलाई २३ असोजमा  पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक तोकेका हुन् ।

    पत्रमा आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँ मात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने सर्त राखेर वडाध्यक्षलाई जिम्मेवारी दिएका छन्।

    dharan upamahanagar.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार