images
images

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, केके विषयमा भए छलफल ?

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, केके विषयमा भए छलफल ?

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, केके विषयमा भए छलफल ?
    images
    images

    काठमाडौँ / समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सो सम्मेलनको २०औं संस्करण आयोजना गरिएको हो । 

    कार्तिक ६ गतेदेखि ९ गतेसम्म भएको उक्त सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो । 

    यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरू हटाउने सम्बन्धी रणनीतिहरूको विषयमासमेत सम्मेलनमा छलफल भएको थियो । 

    सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मूख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रहरूमाथि छलफल समेत भएको थियो । 

    नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी ४ सयभन्दा बढीले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । 
    आर्थिक रूपमा पछाडि परेका बर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्युनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार