images
images

युक्रेनद्वारा रुसमाथि अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त

युक्रेनद्वारा रुसमाथि अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • युक्रेनद्वारा रुसमाथि अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त
    images
    images

    मस्को / रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ।

    अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको थियो। भर्खरै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको थियो र त्यसलाई रुसभित्र लक्षित गर्न अनुमति दिएको थियो।

    युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो। यसपछि रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति आयो, जसमा उसले प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ ।

    यसैबिच, युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ । गत हप्ता अमेरिकाले युक्रेनलाई गहिरो मार हान्न एटीएसीएमएस मिसाइल दिएपछि युक्रेन र रुसबिचको तनाव चरम सीमामा छ । 

    रुसले उत्तर कोरियाली सेनालाई रुसमा तैनाथ गरेको बताइएको छ। गत हप्ता रुसले शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । 

    एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यो युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार