images
images

ब्लू कोर इन्जिन (Fi) : यामाहा टुह्वीलर सवारी चालकलाई बदलिरहेको विश्वासनीय प्रविधि

ब्लू कोर इन्जिन (Fi) : यामाहा टुह्वीलर सवारी चालकलाई बदलिरहेको विश्वासनीय प्रविधि

यामाहाको ब्लू कोर इन्जिनमा रहेको फ्युएल इन्जेक्शन (FI) प्रविधि अत्यधिक इन्धन दक्षता प्रदान गर्ने प्रणाली हो । नेपालका विभिन्न भौगोलिक क्षेत्रहरूको चुनौतीलाई सामना गर्न सक्ने गरी यो इन्जिन डिजाइन गरिएको छ । जसले इन्धनको खपतलाई न्यूनतम खर्च गर्दछ ।

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • ब्लू कोर इन्जिन (Fi) :  यामाहा टुह्वीलर सवारी चालकलाई बदलिरहेको विश्वासनीय प्रविधि
    images
    images

    काठमाडौँ/ नेपालमा टुह्वीलर सवारी प्रति बढ्दो आकर्षण छ । छिटो छरितो र विश्वसनियताको कारण पनि यस प्रति आकर्षण बढेको हो बजारमा अग्रणी स्थानमा देखिनेयामाहा मोटरसाइकल र स्कुटरहरूले त्यसलाई थप मजबुत राखेको छ  । 

    पछिल्लो समयटुह्वीलर सवारीको क्षेत्रमा विश्वासको फड्को मारेकोे ‘ब्लू कोर इन्जिन’ (Fi) प्रविधि एउटा अनौठो प्रविधि हो । जापानीज इन्जिनियरिङको उच्चतम क्षमतालाई प्रस्तुत गरेको छ । 

    जसले इन्धन दक्षता सुधार्ने, शक्ति बढाउने र प्रदूषण घटाउन ठूलो मद्दत गर्दछ । कम्पनी आफैंले यामाहाको ब्लू कोर इन्जिन (Blue Core Engine) एक अत्याधुनिक प्रविधिको रुपमा विकास गरिएको प्रमाणित गरेको छ । 

    yamaha nepal.png

    वातावरणमैत्री सवारी सुविधाहरू मात्रै होइन रमाइलो र सहजत पनि थपेको छ । 
    यामाहा मोटरसाइकल र स्कुटरहरूको आधिकारिक वितरक MAW Rides हो । जसले यामाहा ब्रान्डलाई नेपाली बजारमा उत्कृष्टता र नवप्रविधिका साथ प्रस्तुत गर्दै आएको छ

    यामाहाको ब्लू कोर इन्जिनमा रहेको फ्युएल इन्जेक्शन (FI) प्रविधि अत्यधिक इन्धन दक्षता प्रदान गर्ने प्रणाली हो । नेपालका विभिन्न भौगोलिक क्षेत्रहरूको चुनौतीलाई सामना गर्न सक्ने गरी यो इन्जिन डिजाइन गरिएको छ । जसले इन्धनको खपतलाई न्यूनतम खर्च गर्दछ । 

    लामो दूरी यात्रा गर्ने सवारी चालकहरूको लागि बढी बचत र सुविधा प्रदान गर्ने यस प्रविधिले इन्धनको अधिकतम उपयोग सुनिश्चित गर्दछ । 

    yamaha- fi- scooter.png

    यामाहा ब्लू कोर इन्जिनले जापानी इन्जिनियरिङको उच्चतम क्षमतालाई प्रस्तुत गरेको छ । शक्ति, दक्षता र दीर्घायुमा उत्कृष्टता हासिल पनि गर्दछ । बिश्व बजारमा यामाहाले जापानी प्रविधि र इन्जिनियरिङमा भएका आफ्नाकुशलताको परिचय दिइसकेको छ । 

    तर, अझै विकसित विशेषज्ञताले सवारीका लागि अत्यधिक कार्यकुशल र विश्वसनीय इन्जिनहरू तयार गरेको प्रमाणित गर्दछ । 

    यसले यामाहालाई मोटरसाइकल र स्कुटरको क्षेत्रमा अग्रणी बनाएको छ। ब्लू कोर इन्जिनको अर्को महत्त्वपूर्ण विशेषता भनेको यसको वातावरणमैत्री प्रवृत्ति हो, आजको क्लाइमेट चेन्जको समयमा वातावरण स्वच्छ राख्नु प्रमुख चुनौति छ । 

    इन्जिनले ग्याँस उत्सर्जनलाई घटाउँछ, जसले नेपालको शहरी क्षेत्रहरूमा हावा सफा– स्वच्छ राख्न मद्दत पुर्याउँछ। यस इन्जिनमार्फत दिगो विकास र पारिस्थितिकीय सन्तुलन कायम राख्नको लागि कम्पनी आफ्नो प्रतिबद्धता प्रकट  गर्दछ । यामाहाको FI इन्जिनको एक प्रमुख विशेषता भनेको यसको स्थिर प्रदर्शन र कम मर्मतसम्भार लाग्नु हो । 

    यसले ग्राहकलाई निरन्तर, दीर्घकालिन सहयोग पुग्छ । खर्चमा किफायती यो इन्जिन विशेष गरी दैनिक यात्रामा प्रयोग गर्ने सवारी चालकहरूका लागि महत्व राख्छ । नेपालमा यामाहाका (FI) प्रविधि निकै लोकप्रिय भएको छ । 

    अहिले नेपालको सडकमा दुईलाख (२००,०००) बढी  FI न्जिनवाला यामाहा मोटरसाइकल र स्कुटरहरु गुड्छन् । यो यामाहाको विश्वासिलो प्रविधि र टिकाउपनको प्रमाण हो । यसले यामाहालाई नेपालमा विश्वसनीय ब्रान्डको रूपमा स्थापित गरेको छ ।

    यामाहा मोटरसाइकल र स्कुटरहरूमा रहेका विविध सुविधाहरूले यामाहालाई आफ्ना प्रतिस्पर्धीभन्दा अलग र विशिष्ट बनाउन भूमिका खेलेको छ । यी सुविधाहरूले सवारीलाई अझ आकर्षक र सुविधाजनक देखाएको छ । 

    जसले ग्राहकहरूको मन जित्न सफल भएको छ। यामाहा नेपालले १०० भन्दा बढी FI सेवा केन्द्रहरू र FI (प्रशिक्षित प्राविधिकहरूको एक विस्तृत नेटवर्क रहेको छ । मुलुकभर उच्चस्तरीय मर्मतसम्भार र सेवा उपलब्ध छन् । जसले ग्राहकहरूको आवश्यकतामा सहयोग समन्व्य सन्तुष्टिलाई अझ मजबुत बनाउँदै लगेको छ ।

    yamaha fi bike 2.png

    इन्धन दक्षता, शक्ति र वातावरणको संरक्षणलाई एउटै प्याकेजमा समेटेको यामाहाकोब्लू कोर इन्जिन प्रविधिमा एक उत्कृष्ट  हो । 

    यसको FI प्रविधि नेपालका विभिन्न भौगोलिक र सडक चुनौतीहरूको लागि अनुकूल भएको छ । यामाहाको दिगो र इको–फ्रेंडली भविष्यको दिशासँगको प्रतिबद्धतालाई पनि स्पष्ट पारेको छ । 

    यामाहाले नेपालमा २००,००० भन्दा बढी FI  सवारी  सडकमा गुडाएर विश्वसनीयता प्रमाणित गरिसकेको कारण यामाहा सवारीहरू ग्राहकहरूको पहिलो रोजाइ बनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार