images
images

मेयर बालेनको आरोप – दुई तिहाइको सरकारले केही गर्न सकेन जनतालाई झुटो आश्वासन मात्रै बाँड्यो

मेयर बालेनको आरोप – दुई तिहाइको सरकारले केही गर्न सकेन जनतालाई झुटो आश्वासन मात्रै बाँड्यो

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • मेयर बालेनको आरोप – दुई तिहाइको सरकारले केही गर्न सकेन जनतालाई झुटो आश्वासन मात्रै बाँड्यो
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले अहिले दुई तिहाइको सरकार भए पनि केही काम गर्न नसकेको बताएका छन् । 

    शुक्रबार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव-२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औँ वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताएका हुन् । 

    उनले भने, “५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन् । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन्  । केही काम भएको छैन् ।” 

    उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री,  गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए । 

    उनले भने, “सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार