काठमाडौं/ रोयल ईन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता अल्फा अटोमोटिभले कार्तिक १२ गतेदेखि पुस १० गते (२८ अक्टुबर–२५ डिसेम्बर) सम्म अनलाइन सर्भिस कुइज कार्यक्रम गरेको थियो ।
विहिबार अल्फा अटोमोटिभले आफ्नो वयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रको आयोजना गरी सो सर्भिस कुइजका ३ जना बिजेतालाई जनही एक–एक वटा हेल्मेट पुरस्कार प्रदान गरेको छ
कार्यक्रममा ५० जनाको सहभागिता थियो र अनलाइन सर्भिस कुइजमा ६ सय जानाले भाग लिएका थिए ।
जसमध्ये ३ जनालाई लक्कि ड्र मार्फत पुरस्कृत गरीएको थियो ।
सहभागीले फ्रि सर्भिस चेकअप, फ्रि वासिङ्गको सुविधासमेत पाएको ब्राण्ड तथा बजार प्रबन्धक विश्रान्त कोइरालाले बताए ।
ललितपुर बागडोलका रविन्द्र विष्ट, गोकर्णेश्वर न.पा काठमाडौका रीतिज सापकोटा र काठमाडौ मैपिका सचिन आलेले उपहार प्राप्त गरे ।
पुरस्कार रोयल इन्फिल्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले प्रदान गरेका थिए ।
सोही अवसरमा अल्फा अटोमोटिभले सर्भिस मेइस्ट्रो पनि लन्च गरेको छ।
सो मेइस्ट्रो बाट नेपालका रोयल इन्फिल्ड मोटरसाइकल ग्राहाकहरुले हरेक वर्षको चार सर्भिसीड्मा पार्टस, मर्मत सम्भार लगायतका सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्न सकिने अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पैडेल ले बताए ।