कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त भएपछि राष्ट्र बैंकको नियन्त्रणमा छ ।
नेपाल राष्ट्र बैंकको य िपुस १० गतेको सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई मिति २०८१ /०९/ ११ देखि समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार संस्था सञ्चालनको लागि ३ सदस्यीय व्यवस्थापन समूहले हाल संस्थाको व्यवस्थापन लिएको छ ।
व्यवस्थापन समूहले संस्थाको सम्पूर्ण सम्पति र दायित्व आफ्नो जिम्मामा लिई वित्तीय हिसाब(किताब चेकजाँच गर्न शुरु गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।
यस अवस्थामा आवश्यक कार्य सम्पादन गर्न केही समय लाग्ने कारण देखाउँदै पुस १४ गतेसम्मका लागि बैकिङ्ग कारोवार स्थगित गरिएको सूचना जारी गरेको छ ।
निक्षेप रकम भुक्तानी र नियमित बैंकिङ्ग कारोवार सञ्चालन प्रयोजनार्थ बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित अन्य पक्षहरुसँग विभिन्न विकल्पहरुमा निरन्तर छलफल भई रहेको समेत जनाएको छ ।
जारी सूचना अनुसार निक्षेपकर्ताबाट भुक्तानी माग भए बमोजिम क्रमशः भुक्तानी गर्दै जाने भनेको छ ।