images
images

सहकारी ठगी प्रकरणः सिआइबीसँगको बयानमा धनराज गुरुङले भने, "सहकारीले मेरो घर र इज्जत सबै खाइदियो"

सहकारी ठगी प्रकरणः सिआइबीसँगको बयानमा धनराज गुरुङले भने, "सहकारीले मेरो घर र इज्जत सबै खाइदियो"

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • सहकारी ठगी प्रकरणः सिआइबीसँगको बयानमा धनराज गुरुङले भने, "सहकारीले मेरो घर र इज्जत सबै खाइदियो"
    images
    images

    काठमाडौँ  / नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगेर फेरी बयान दिएका छन् । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपलनमा मुछिएका गुरुङसँग सिआइबीले पुनः बयान लिएको हो । 

    उनीसँग दोस्रो पटक करिब ५ घण्टा बयान लिइएको बताइएको छ । धनराजकी पूर्व श्रीमती ज्योति गुरुङ उक्त सहकारीको सञ्चालक रहेको बेला १२ करोड ५१ लाख हिनामिना भएको प्रहरीको प्रारम्भिक छानविनमा खुल्न आएको छ । 

    सोमध्ये धनराजको पनि ९१ लाख रुपैयाँ ऋण लिँदा संलग्नता देखिएको बताइएको छ । बयानका क्रममा उनलाई श्रीमतीसँगको डिभोर्सबारे पनि सोधपुछ गरिएको थियो ।

    अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । “मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो,” उनले भनेका छन्, “मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको छु ।”  

    उनीहरूबीच भएको सम्बन्धविच्छेदलाई ‘सहकारी डिभोर्स’ को संज्ञा दिँदै आलोचनासमेत हुने गरेको छ । धनराजकी पूर्व श्रीमतीलगायत सो सहकारी अपचलनमा मुछिएर फरार रहेकाहरूविरुद्ध रेडकर्नर नोटिससमेत जारी भइसकेको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार