images
images

सुशान्त केसीको कन्सर्ट साढे दुई वर्षपछि नेपालमा, टिकट खल्तीमा ‘एक्सक्लुसिभली’ उपलब्ध

सुशान्त केसीको कन्सर्ट साढे दुई वर्षपछि नेपालमा, टिकट खल्तीमा ‘एक्सक्लुसिभली’ उपलब्ध

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • सुशान्त केसीको कन्सर्ट साढे दुई वर्षपछि नेपालमा, टिकट खल्तीमा ‘एक्सक्लुसिभली’ उपलब्ध
    images
    images

    नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले  ‘सुशान्त केसी लाइभ ईन नेपाल’ कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकट बुकिङ खुल्ला गरेको छ। टिआरएन इभेनट्स नेपाल र एस केसीसँग सहकार्य गर्दै आयोजित यस कन्सर्टमा सबै वर्गको स्रोताहरू माझ लोकप्रिय बनेका सुशान्त केसीले करिब साढे २ वर्षपछि लाइभ म्युजिकल प्रस्तुती दिँदैछन् । उक्त कन्सर्टको टिकटिङको एक मात्र साझेदारको रूपमा खल्तीले जिम्मा लिएको छ ।

    फागुन २४ (मार्च ०८) मा सल्लाघारी ग्राउन्ड, भक्तपुरमा हुन गइरहेको यस भव्य कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले सजिलै खल्ती एप तथा events.khalti.com मार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन् । 

    बार्दली, सारङ्गी, गुलाबी, पर्खन, साथी, आमा जस्ता चर्चित गीतहरूले सुशांत केसी परिचित छन् भने उनका गीतका शब्दहरू धेरै दर्शकका मुखमा कण्ठस्थ छन् ।

    गायक केसीले कन्सर्टका लागि आफ्नो उत्साह व्यक्त गर्दै भने “काठमाडौँमा प्रस्तुति दिनु सधैँ विशेष अनुभव हो। दर्शकहरूको समर्थन, माया मेरो प्रेरणा हो र मार्च ०८ मा सबैलाई संगीतको यात्रामा सहभागी गराउन उत्साहित छु ।” 

    यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “अरिजित सिंह, आतिफ असलम, प्रतिक कुहाड, सज्जन राज वैद्य र अनेकौँ लाइभ शो मा टिकटिङ पार्टनरको रूपमा उल्लेखनीय सफलता अनि जुबिन नौटियालको आउँदो कन्सर्टको घोषणा पश्चात् हामी फेरी पनि ‘सुशान्त केसी लाइभ ईन नेपाल’को एक मात्र टिकटिङ्ग प्लेटफर्मको रूपमा उपस्थित भएका छौँ  ।”

    खल्तीलाई एक इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उद्देश्यले यस्तो किसिमको सहकार्यहरूले थप साथ दिने कुरामा आशावादी भएको उनले बताए । 

    उनले भने, “हाम्रो उद्देश्यलाई निरन्तरता दिँदै हामीले प्रयोगकर्ताहरूलाई सहज र बिना झन्झट तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ  र यस म्युजिकल प्रस्तुतीमा रमाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।”


    ISO २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदरमा राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ। 

    खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख प्लस एजेन्ट, ६० हजार प्लस, मर्चेन्ट व्यवसायी, ५५ प्लस बैंक तथा वित्तीय संस्था, १५००प्लस सहकारी र ३०० प्लस कर्मचारीको परिवारमा रूपान्तरण भएको छ। 

    सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्‍याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ(कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार