images
images

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा
    images
    images

    काठमाडौँ / यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति (वाणिज्य) प्राध्यापक रिचर्ड कीओघले फेब्रुअरी १७ मा ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजको भ्रमण गरेका छन् । यो भ्रमण दुई संस्थाबीचको चलिरहेको शैक्षिक सहकार्यको एक हिस्सा हो।

    नेपालको गोल्छा ग्रुप र ग्लोकल प्रा.लि.को संयुक्त प्रयासमा स्थापित इम्बार्क कलेजले यूनिभर्सिटी अफ रोह्याम्पटनसँगको साझेदारीमा ४ वर्षे बीएससी बिजनेस म्यानेजमेन्ट र २ वर्षे एमबीए कार्यक्रमहरू नेपालमा प्रदान गर्दछ। 

    भ्रमणका क्रममा प्राध्यापक कीओघले इम्बार्क कलेजको स्नातक र स्नातकोत्तर तहका पहिलो ब्याचका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको वैश्विक प्रतिष्पर्धी जनशक्ति र सीप विकासका प्रयासहरूबारे छलफल गरे। इम्बार्क कलेजका सीईओ र कार्यकारी निर्देशक आशिष ठाकुरले प्राध्यापक कीओघलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका छन् ।  

    प्राध्यापक कीओघले कलेजका पदाधिकारी र शिक्षकहरू सँग विद्यार्थी र संकाय आदानप्रदान, सहकार्यात्मक अनुसन्धान र नवीन साझेदारीहरूबारे छलफल भयो ।

    प्राध्यापक कीओघ फेब्रुअरी १८ मा दुई देशबीचको व्यापारिक र शैक्षिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य सहित नेपालस्थित बेलायती दूतावासद्वारा आयोजित यूके-नेपाल व्यापार मञ्चमा पनि सहभागी हुँने कार्यक्रम रहेको छ।

    इम्बार्क कलेज नेपाल सरकारको शिक्षा मन्त्रालयबाट नोभेम्बर २७, २०२४ मा स्वीकृति प्राप्त गरी प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित शिक्षण सिकाईको केन्द्र बन्ने लक्ष्य सहित शैक्षिक गतिविधि सुचारु गरेको छ। कलेजले विश्वविद्यालय शुल्क पनि समावेश गरी शिक्षा मन्त्रालयको निर्देशानुसार १० प्रतिशत पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

    कलेज उद्यमशीलता र सीप-आधारित शिक्षामा जोड दिँदै, सैद्धान्तिक अध्ययनलाई वास्तविक परियोजना सँग समाहित गरी विद्यार्थीहरूको सक्रिय सहभागिता र निरन्तर सुधारलाई प्रोत्साहित गर्दछ।

    यूनिभर्सिटी अफ रोह्याम्पटन सँगको साझेदारीले विद्यार्थीहरूलाई व्यावसायिक सफलताका लागि सशक्त बनाउँदै नेपालमा विश्वव्यापी मान्यता प्राप्त, करियर–केन्द्रित शिक्षा प्रदान गर्ने लक्ष्य राखेको एम्बार्क कलेजलाई नेपालमा नवप्रवर्तन र उद्यमशील उत्कृष्टताको केन्द्रको रूपमा स्थापित गर्दै यो सहकार्यले शिक्षा, उद्योग र समाजलाई जोड्ने प्रतिबद्धतालाई बल प्रदान गर्ने कलेजका सीईओ र कार्यकारी निर्देशक आशिष ठाकुरले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार