images
images

विलोल पोखरेलको  ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण

विलोल पोखरेलको  ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • विलोल पोखरेलको  ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण
    images
    images
    images
    images

    काठमाडौँ /  स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ। बुधबार काठमाडौँमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । 

    स्रष्टा विलोलकी माता धरणी पोखरेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, स्रष्टा पोखरेल र मिलापका सम्पादक कृष्ण भुसालले उक्त कृतिको लोकार्पण गरेका थिए। 

    कृतिको लोकार्पणसँगै डा.विलोलका शब्द रचना रहेका ‘शहीदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक गीत ‘चिरा चिरा भो मुटु’को भिडियो प्रदर्शन गरिएको थियो ।

    गीतकार एवं निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सञ्चारकर्मी स्वस्तिका पन्थीले स्वागत मन्तव्य राखेकी थिइन् भने शोभना पौडेलले कविता वाचन गरेकी थिइन् ।

    कार्यक्रममा आफ्ना भनाइ राख्दै स्रष्टा विलोलले विदेशमा वस्ता पनि देशमा रहेपनि मन सधैँ स्वदेशमै रहने गरेको बताउँदै गीत, संगीत, गायन, अभिनयमा आफ्नो रुची रहेकोले सिर्जना आइरहेको बताए । 

    लेख्दा लेख्दै थुप्रै कविता लेखेको सुनाउँदै ति सबैलाई क्रमशः पाठकमाझ ल्याउने उद्देश्यले ‘विलोल शब्द वल्लरी’ भाग(१ सार्वजनिक गरिएको जानकारी दिए । 

    अन्य कृतिपनि क्रमशः आउँदै जाने उनले प्रतिवद्धता व्यक्त गरे । भावहरू, अनुभवहरू, कथाहरू आफ्नै भाषामा व्यक्त गर्ने चेष्टा गरेको उनले सुनाए । 

    “यो भान्सनले मीठा व्यन्जन पस्कन सकेन होला । तर, पनि मिठो मानेर अलिकति भुटेको करेलो मैले पस्के, घ्यू, चास्नी, कुराउनी, सखर थपेर मिठो बनाउने जिम्मा यहाँहरूको”, उनले भने । 

    यसैगरी, वरिष्ठ कवि महेश प्रसाईंले विलोल आफ्नो बाल्यकालदेखिको साथी रहेको बताउँदै उनका कवितामा नेपाली माटोको सुगन्ध रहेको जिकिर गरे । 

    यस्तै गीतकार संघका अध्यक्ष वसन्त थापाले गीतकार व्यक्तित्व डा. विलोलको सक्रिय गीत लेखनको प्रशंसा गर्दै संघमा जोडिन आग्रह गरे ।वरिष्ठ कलाकार लय संग्रौलाले डा. विलोल र आफ्नो सम्बन्ध र सहकार्यको चर्चा गर्दै वर्तमान राजनीतिले निराशा बनाएको चर्चा गरे । 

    उनले विलोलका सिर्जनाले आशाको सञ्चार गरेको जिकिर गरे । अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले आफू अध्यक्ष हुँदा डा. विलोलसँग केही कार्यक्रममा सहकार्य गरेको चर्चा गरे । 

    साथै, उनका रचनामा राष्ट्रप्रेमसँगै समाज र माया प्रेमको अभिव्यक्ति रहेको उनले बताए । लेकालीले ‘विलाल शब्द वल्लरी’मा रहेको एक कविता पनि वाचन गरेका थिए । 

    कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्लले डा. विलोल नेपालमा रहँदा पनि विभिन्न सामाजिक कृयाकलापमा सकृय रहेको चर्चा गरे ।कार्यक्रममा साहित्य, गीत, संगीतका साथै विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । 

    कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा ९२ कविता संग्रहीत छन् । १४८ पेजको यो कृतिलाई जेनीश इन्टरटेन्मेन्ट मिडिया प्रा।लि।ले प्रकाशन गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com