कार्ल मार्क्सको महत्वपूर्ण भनाई ‘अधिनायकत्व आफैँ...सङ्क्रमणमात्र रहन्छ’ 

कार्ल मार्क्सको महत्वपूर्ण भनाई ‘अधिनायकत्व आफैँ...सङ्क्रमणमात्र रहन्छ’ 

अर्थ डबली
शुक्रवार, माघ १६ २०७७
अर्थ डबली
शुक्रवार, माघ १६ २०७७ (अर्काइभ बाट)
  • कार्ल मार्क्सको महत्वपूर्ण भनाई ‘अधिनायकत्व आफैँ...सङ्क्रमणमात्र रहन्छ’ 

    कार्ल हेनरिक मार्क्सको जन्म प्रसिया राज्यको लोअर रीन् प्रान्तको ट्रायर्  भन्ने ठाउँमा भएको हो । उनका पिता हेनरिक मार्क्स एक सफल वकील थिए ।

    images

    उनकी आमाको जन्मथलो हल्याण्ड थियो । उनका माता(पिता दुवै यहूदी थिए । मार्क्स त्यो समयमा जन्मिएका थिए, जुनवेला सम्पूर्ण युरोपमा नयाँ खालको जागरण आइरहेको थियो ।

    बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना–आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एक–अर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए । पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो ।

    यो कमाउ धन्दा बढिरहँदा फ्रान्सेली क्रान्ति ताका लागेका नारा ‘मुक्ति’ ‘समानता’ र ‘ऐक्यबद्धता’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो ।

    त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।

    कार्ल मार्क्सले प्रसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन्सँग सन् १८४३ १९ जून मा बिहे गरेका थिए । मार्क्स र जेनिका सात जना सन्तानहरू भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे ।

    मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्स्बाट पाएको सहयोग मात्र थियो । मार्क्स प्रायः हात मुख जोड्ने समस्याका बीच नै जीवन यापन गरे, यसको कारण केही हदसम्म उनका पत्नी र सन्तानहरूको विलासिता थियो । जो मार्क्सले सामाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरूरी सोचेका थिए । सांस्कृतिक इतिहासकारहरू कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् । हेर्नुस् उनका महत्वपूर्ण भनाईहरु 

    - अधिनायकत्व आफैँ सबै वर्गहरुको उन्मूलनतर्फ र वर्गविहीन समाजतर्फ सङ्क्रमणमात्र रहन्छ । 

    – पुँजीवादी र साम्यवादी समाजको बीचमा एकबाट अर्कोमा क्रान्तिकारी रुपान्तरणको अवधि रहन्छ, तद्अनुरुप एक राजनीतिक सङ्क्रमणको अवधि पनि रहन्छ, जसमा राज्य, सर्वहारा वर्गको क्रान्तिकारी अधिनायकत्वबाहेक अर्को कुनै हुन सक्दैन ।

    – यो अधिनायकत्व खुद पनि केवल तमाम वर्गहरुको उन्मूलनको स्थितिमा पुग्नुको साथै एक वर्गविहिन समाजको सङ्क्रमणको दौड हो । 

    – क्रान्तिपछि देखापर्ने सबै प्रकारका अस्थायी राज्यवयवस्थाको लागि अधिनायकवाद, त्यो पनि शक्तिशाली अधिनायकवादको आवश्यकता पर्दछ ।

    साताको लोकप्रीय