images
images

आजदेखि घट्यो पेट्रोलियम पदार्थको भाउ, अब प्रतिलिटर कति ?

आजदेखि घट्यो पेट्रोलियम पदार्थको भाउ, अब प्रतिलिटर कति ?

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • आजदेखि घट्यो पेट्रोलियम पदार्थको भाउ, अब प्रतिलिटर कति ?

    काठमाडौँ / आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो ।

    भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

    मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । 

    यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेल १५१ रुपैयाँ ५० पैसा रहेको छ । 
    त्यस्तै, सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र मट्टितेल र डिजेल प्रतिलिटर १५३ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ३५ (प्रतिकिलोलिटर) घटेको निगमले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार