काठमाडौँ / लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।
सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव गरेका उनीहरूले नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन् ।
लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेकोमा अविश्वास प्रस्तावका लागि ४१ जना सांसदहरूले हस्ताक्षर गरका थिए ।
जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् ।
यता, माओवादी केन्द्रले आफ्ना दुई सांसदलाई कारवाही गरिसकेको छ । अविश्वास प्रस्ताव पारितका गर्न बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।