काठमाडौँ / मनिग्राम इन्टरनेसनलले सीमा पार P2P रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी मानिने कम्पनीले आज F1 सफ्ट ग्रुपको सहायक कम्पनी इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्ने भएको छ ।
साझेदारी सम्झौता अनुसार अब विश्वभरी रहेका मनिग्रामका ग्राहकहरूले सिधँै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।
कम्पनीले खाता निक्षेप सेवा सुरु भइसकेको र इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको जनाएको छ ।
सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसंग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका अधिकांश बैंकहरूको खातामा रकम जम्मा गर्न सकिनेछ ।
नेपालमा रहेका ४२ लाख भन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागि कोसेढुङ्गा सावित हुने कम्पनीको भनाई छ ।
विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्तकर्ताहरूमध्ये एक हो र सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।
भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफ भन्छन्, “यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्दि«त क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागी हामी उत्साहित छौं ।”
“वित्तीय सेवाहरु डिजिटलकरणमा अग्रगामी इसेवासँग साझेदार भइ लाखौं गैर आवासिय नेपालीहरुलाई सहज रूपमा रकम पठाउन र उनीहरुका लाभार्थीलाई सहज रूपमा रकम प्राप्त गर्ने सेवा उपलव्ध गराउन पाउँदा हामी गौरवान्वित भएका छौं ।” उनले भने ।
संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनीग्राम र इसेवाको साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् । रकम पठाउन साधारण रिसीभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुबैलाई झन्झट मुक्त अनुभव सुनिश्चित गर्छ ।
इसेवाको मूल कम्पनी, F1 सफ्ट ग्रुपका अध्यक्ष, विस्वास ढकाल भन्नुहुन्छ, “मनीग्रामसंग नयाँ सहकार्यका लागी हामी अत्यन्त उत्साहित छौं ।
मनिग्रामसँगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्नेछ । मनीग्राम महत्वपूर्ण साझेदार हो, र यो साझेदारीले सीमा पार रेमिट्यान्स डिजिटलकरणका लागी हाम्रो प्रतिबद्धताको उदाहरण दिन्छ ।
मनीग्राम इन्टरनेसनल, सीमा पार P2P रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रगामी कम्पनी हो । यसका ग्राहक केन्दि«त क्षमताहरुले साथी तथा परिवारजनलाई छिटो र किफायती रुपमा २०० भन्दा धेरै देश र क्षेत्रहरुमा रकम पठाउन मदत गर्छ जसमा ९० भन्दा धेरै देशहरु डिजिटल रुपमा सक्षम भएका छन् ।
मनीग्राम आफ्नो आधुनिक, मोबाइल र API संचालित प्याटफर्मबाट लाभान्वित त छदैंछ र त्यसमा पनि विश्वका अग्रणी ब्राण्डहरुसंग सहकार्य गरी हरेक बर्ष लाखौं मानिसहरूलाई दुबै walk-in-business / direct-to-consumer डिजिटलका माध्यमहरूबाट सेवा प्रदान गरिरहेको छ ।
नवाचारको बलियो संस्कृति र संसारकै उत्कृष्ट ग्राहक अनुभव प्रविधिको उपयोगमा गरिएको अथक ध्यानका कारण, मनीग्राम डिजिटल एद्दए भुक्तानीका र विकासका लागी अग्रणी भूमिकामा रहेको छ ।
इसेवा मनि ट्रान्स्फर नेपालको एक सबैभन्दा छिटो उदयीमान डिजिटल रेमिट्यान्स कम्पनी हो जसले मिश्रित मोडेलको विश्वस्तरीय सेवा संसारभरका नेपालीहरूलाई प्रदान गरिरहेको छ ।
सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसंग जोडिएको र ४२ लाख भन्दा धेरै दर्ता गरिएको इसेवा वालेट प्रयोगकर्ताहरूमाझ रकम पठाउने र प्राप्त गर्ने प्रक्रियालाई मोबाइल फोनमा मात्र केही ट्यापमा सीमित गराई इसेवाले सहजता प्रदान गरेको छ ।
सन् २०१९ मा समावेश गरिएको र नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय नियमनका लागी लाइसेन्स प्राप्त इसेवा मनी ट्रान्स्फर, F1 सफ्ट ग्रुपको एक अङ्ग हो ।