मध्यभोटेकोशीले बैशाख २१ गतेदेखि  आयोजना प्रभावितका लागि आइपिओ निष्काशन गर्ने 

मध्यभोटेकोशीले बैशाख २१ गतेदेखि  आयोजना प्रभावितका लागि आइपिओ निष्काशन गर्ने 

अर्थ डबली
सोमवार, बैशाख १३ २०७८
अर्थ डबली
सोमवार, बैशाख १३ २०७८ (अर्काइभ बाट)
  • मध्यभोटेकोशीले बैशाख २१ गतेदेखि  आयोजना प्रभावितका लागि आइपिओ निष्काशन गर्ने 

    काठमाडौँ / मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि प्राथमिक शेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको सूचना अनुसार कम्पनीले जारी गर्ने कूल ६० लाख कित्तामध्ये आयोजना प्रभावितका लागि आइपिओ जारी गर्ने भएको हो । 

    images
    images

    कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर जारी गर्ने भएको हो । 

    स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरको उक्त आइपिओ छिटो मिति जेठ २ गतेसम्म खरिदका लागि आवेदन दिन सकिनेछ भने उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा ढिलो मिति जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीको आइपिओ बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । सार्वजनिक रूपमा निष्काशन गर्न लागिएको साधारण शेयरका लागि क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ नेपालबाट केयर एनपि बिबि प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ । उक्त रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । 

    यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरूका लागि १ करोड ४४ लाख कित्ता आइपिओ बिक्री गरिसकेको छ । 

    कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको उक्त शेयर आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।

    कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था (चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर)का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता छुट्याएको थियो । 

     

    साताको लोकप्रीय