काठामडौँ / कोरोना भाइरसको रोकथाम तथा उपचार व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोराना कोषमा सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले बुधवार रु १० लाख सहयोग गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।