सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वनबीच साझेदारी, अब यस्तो सुविधा पाइने 

सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वनबीच साझेदारी, अब यस्तो सुविधा पाइने 

अर्थ डबली
बिहिवार, बैशाख ३० २०७८
अर्थ डबली
बिहिवार, बैशाख ३० २०७८ (अर्काइभ बाट)
  • सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वनबीच साझेदारी, अब यस्तो सुविधा पाइने 

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन काठमाडौँबीच कोभिड १९ प्रि एण्ड पोष्ट सर्भिस सम्बन्धी साझेदारी भएको छ ।

    images

    हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ । 

    यसर्थ, अहिलेको यस बिषम् परिस्थितीमा सर्वसाधारण व्यक्तिहरूको डाक्टरसम्म सहज पहुँच नपुगीरहेको परिप्रेक्षमा कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थय सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्देश्यले सिटिजन लाइफले सिटिजन केयर सुविधाअन्तर्गत क्लीनिक वनसंग कोभिड १९ प्रि एण्ड पोष्ट सर्भिस सम्झौता गरेका हो । 

    उक्त सम्झौताअनुसार यस कम्पनीसँग सम्वन्ध व्यक्तिहरुले उक्त क्लीनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरिएको छ ।

    कोभिड केयर सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पि.सि.आर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ । यसको लागी कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाइन फोन नम्बरको व्यवस्था गरिएको छ । 

    हरेक विषम् परिस्थितिलाई अवसरको रूपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम अन्तर्गत अनलाइनमार्फत बीमा खरिद गर्न सकिने हालै व्यवस्था गरेकोमा सिटिजनकर्मीहरुको कोभिडको अवस्थामा स्वास्थ्य सेवाको लागी सिटिजन केयर कार्यक्रम सञ्चालन गरेको छ ।

    यस कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ भने बीमा शुल्क विभिन्न विद्युतीय माध्यमहरू इत्यादि मार्फत भुक्तानी गर्न सकिने व्यवस्था विगत वर्षदेखी रहेको छ ।

     

    साताको लोकप्रीय