मच्छिन्द्रनाथ बुङ्मतीमा कसरी राखिएको रहेछ त !

मच्छिन्द्रनाथ बुङ्मतीमा कसरी राखिएको रहेछ त !

अर्थ डबली
शनिवार, जेठ ८ २०७८
अर्थ डबली
शनिवार, जेठ ८ २०७८ (अर्काइभ बाट)
  • मच्छिन्द्रनाथ बुङ्मतीमा कसरी राखिएको रहेछ त !

    ललितपुर / ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचा  पूजा स्थानीयवासीको उपस्थितिमा सम्पन्न भएको छ ।  हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलन छ ।
    यस वर्ष बुङ्मती आसपास क्षेत्रका मानिसको सहभागितामा मात्रै विचारी पूजा सम्पन्न भएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । 

    images
    images

    उनले भने, “मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्ट र यसबाट ज्यान गुमाउने मानिसको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा घरमा जुठो परेका मृतक परिवारको नाममा बत्ती बाल्ने केही मानिसबाहेक अन्य भक्तजन पूजामा उपस्थित भएका थिएनन् ।” 

    सो पूजाका दिन सरकारी पूजा गर्नुपर्ने चलनानुसार गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट पूजा गरेर फर्किइसकेको कार्यालय प्रमुख खिमा वलीले बताए । 

    मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चारौँ दिनमा कसरी राखिएको छ भन्ने बुझ्न विचारी पूजा गर्ने नियम रहेको जनाइएको छ । करुणामयको मन्दिर हाल बुङ्मतीमा निर्माणाधीन  भएकाले अस्थायी मन्दिरमा राखेर विचा पूजा गरिएको थियो । 

    उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायण लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार गत बुधबार लोकेश्वरलाई खटमा हालेर बुङ्मती पुर्याइएको हो । 

    गत मङ्सिरमा वृष्टिदेवलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगेर राखिएको थियो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई हिन्दूका साथै बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । 

    साताको लोकप्रीय