चर्चित समाचार
  • बर्चुली बहुउद्देश्यीय सहकारीको भेला सम्पन्न, संस्थाको उपलब्धि र कार्ययोजना प्रस्तुत

    बर्चुली बहुउद्देश्यीय सहकारीको भेला सम्पन्न, संस्थाको उपलब्धि र कार्ययोजना प्रस्तुत

    आइतवार, बैशाख २३ २०८१
    आइतवार, बैशाख २३ २०८१
  • बर्चुली बहुउद्देश्यीय सहकारीको भेला सम्पन्न, संस्थाको उपलब्धि र कार्ययोजना प्रस्तुत

    काठमाडौं/  बर्चुली बहुउद्देश्यीय सहकारी संस्थाले  शनिबार बृहत बर्चुली काठमाण्डौ भेला २०८१ कार्यक्रम सम्पन्न गरेको छ।
    हिजो शनिबार  बनस्थली काठमाण्डौको मदर्स बैङ््क्वेटमा  भएको कार्यक्रममा अध्यक्ष प्रकाश ढकालबाट संस्थाको अहिलेसम्मका उपलब्धि तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा अध्यक्षबाट ढकालले प्रस्तुत गरेको प्रतिबेदन माथि केन्द्रिय सरकारको कृषि मन्त्रालयका उपसचिव तथा बरिष्ठ अर्थशास्त्री लालकुमार श्रेष्ठ, त्रिभुवन बिश्वबिद्यालयका प्रोफेसर बिकाश कुमार श्रेष्ठ, मानसिङ बिद्यालयका प्रधानाध्यापक नारायणजंङ्ग थापा, सहकारी क्षेत्रका बिशेषज्ञ दिपक श्रेष्ठ, बरिष्ठ चाटरएकाउन्टेन्ट कृष्ण प्रसाद लामिछाने लगायत अन्य ब्याक्तित्वबाट सल्लाह सुझाव सहित आ–आफ्नो टिप्पणी गरेका थिए । 

    barchuli - sahakari.JPG

    यस्तैगरी कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त गायक तथा कलाकार प्रेम अर्यालले कार्यक्रम संचालन गरेका थिए । 

    उक्त भेलाबाट प्राप्त सल्लाह सुझाव अनुरुप कार्यसमितिले भावी कार्ययोजना बनाइ सहकारी संस्थालाई समयानुकूल संचालन गर्दै थप मजबुत बनाउँदै लगिने निर्णय भएको अध्यक्ष ढकालले बताए । 

    barchuli sahakari.JPG

    पारदर्शी वित्तिय संचालन भइरहेको उक्त सहकारीले आम ग्राहकहरुको मनोकांक्षा समेटेर कार्ययोजनाहरु अघि बढाउने संकल्प राखेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार