बुद्ध जयन्तीमा लुम्बिनीमा यस्तो देखियो, हेर्नुस् तस्बिरमा 

बुद्ध जयन्तीमा लुम्बिनीमा यस्तो देखियो, हेर्नुस् तस्बिरमा 

अर्थ डबली
बुधवार, जेठ १२ २०७८
अर्थ डबली
बुधवार, जेठ १२ २०७८ (अर्काइभ बाट)
  • बुद्ध जयन्तीमा लुम्बिनीमा यस्तो देखियो, हेर्नुस् तस्बिरमा 

    लुम्बिनी / लुम्बिनीमा आयोजित २५६५ औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमा एवं लुम्बिनी दिवसको दिन लुम्बिनीमा कार्यक्रम आयोजना भएको छ । 

    images
    images

    Lumbini buddha.JPG

    सो अवसरमा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीर, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सदस्य सचिव सानुराजा शाक्यलगायतको उपस्थिति रहेको थियो । 

    buddha, limbini.JPG

    तस्वीर : नरेश केसी/रासस

    थप समाचार 

    दिगो शान्तिविना समग्र विकास सम्भव छैन : सभापति देउवा

    काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६५ औँ बुद्धजयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

    उनले आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसर रहेको बताएका छन् । 

    सभापति देउवाले देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र पहिलोभन्दा दोस्रो  कयौंँ गुणा भयावहसिद्ध भएको तथा बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् । 

    यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको जनाउँदै उनले कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरेका छन् । 

    सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र  अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गर्दै देशमा शान्ति कायम होस् तथा अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना पनि गरेका छन् । 

    साथै उनले किराँत समुदायको महान् पर्व उभौलीका अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरेका छन् ।

     

    विश्वशान्ति र मानवकल्याणका लागि बुद्धका सन्देश अनुकरणीय छ : प्रदेश प्रमुख पौडेल

    गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्वशान्ति र मानवकल्याणका लागि गौतम बुद्धका उपदेश अनुकरणीय रहेको बताएकी छन् । 

    दुई हजार ५६५ औंँ बुद्धजयन्तीका अवसरमा दिनुभएको  शुभकामना  सन्देशमा प्रमुख पौडेलले सम्पूर्णको सुख, शान्ति र समृद्धिको कामना गर्दै शाक्यमुनि बुद्धले अंगीकार गरेको शान्ति, अहिंसा र मानवकल्याणको मार्ग अनुसरण गर्न सके मानिस दुःखी हुन नपर्ने विचार व्यक्त गरेकी छन् । 

    शुभकामना सन्देशमा नेपाली भूूूमिमा जन्म लिनुभएका राष्ट्रिय विभूति गौतमबुद्ध नेपालका मात्रै नभई महामानवका रुपमा विश्वकै प्रेरणाको स्रोत भएको  उल्लेख गर्दै उनले देखाउनुभएको शान्ति, अहिंसा र मानव कल्याणका मार्गमा लाग्न तथा  सकारात्मक सोचको विकास गर्न आग्रह गरिएको छ  । 

    आज कोरोना भाइरसको विश्व महामारीसँग जुधिरहेका हामी सबैलाई धैर्य गरेर आत्मबल उच्च बनाउने प्रेरणा बुद्धको दुःखसम्बन्धी चतुर्आर्य सिद्धान्तले दिने सन्देशमा जनाइएको छ । 

    प्रदेश प्रमुखले आजकै दिन परेको किराँत राई, याक्खा, सुनवार र लिम्बू समुदायको प्रमुख पर्व उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । 

    कोभिड –१९ को संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेर धर्म, संस्कार संस्कृति र चाडपर्व मनाउन पनि प्रदेश प्रमुख पौडेलले आग्रह गरेकी छन् । 

     

     

     

    साताको लोकप्रीय