काठमाडौँ / नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले लाभांश नपाउने भएका छन् । मङ्गलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृति माग गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
हाल यस कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ छ ।