कौशीमा फलाउनुस् रसिलो कागती, यस्ता छन् विशेषता युरेका जातको कागती

कौशीमा फलाउनुस् रसिलो कागती, यस्ता छन् विशेषता युरेका जातको कागती

अर्थ डबली
बिहिवार, जेठ १३ २०७८
अर्थ डबली
बिहिवार, जेठ १३ २०७८ (अर्काइभ बाट)
  • कौशीमा  फलाउनुस्  रसिलो कागती, यस्ता छन्  विशेषता युरेका जातको कागती

    कोशीमा फूलहरुसँगै पछिल्लो समय तरकारी फलफूल लगाउने प्रचलन बढ्दै गएको छ । बढ्दो शहरी क्षेत्र तथा जमिनको पँहुच कम भएकाहरुका लागि कौशी खेती भरपर्दो विकल्प बन्दै गएको छ । खाली क्षेत्रको रुपमा खेर जाने कौशीमा फलफूलहरुमा युरेका जातको कागती लगाउन सके वैकल्पिक आम्दानीको श्रोत बन्न सक्छ । 

    images
    images

    फलफूल तथा तरकारीको उच्च मूल्यले शहरबासी उपभोक्ताको भान्सामा दैनिक असर परिरहेको छ । 

    गाउँमा सस्तोमा पाइने फलफूल र तरकारी बिचौलियको हातमा परेर शहरसम्म आइपुग्दा ४ गुणासम्म महँगिन्छ। 

    कौशीमा अब तरकारी मात्रै होइन कागती पनि फलाउन सकिन्छ।

    तपाईले गमला वा आफैले कुनै ड्रम वा बोरालाई काटी ‘ग्रो ब्याग’ बनाउन सक्नुहुन्छ । विज्ञहरुका अनुसार थोरै जमिन वा गमलाको प्रयोग गरेर खेती गर्न सकिने विभिन्न विधिहरु धेरै छन् । 
    सानो क्षेत्रफलमै व्यवसायिक खेती गर्न सकिन्छ । 


    कागतीमा युरेका जात नै किन ?
    युरेका जातको कागतीलाई बाह्रैमहिना फल दिने अर्थात ४४ महिनामा फल दिन्छ । कागतीका रुपमा चिनिन्छ । यो लाम्चो आकर्षक दाना फल्छ । तर, नेपालीहरु सुन कागती अर्थात गोलो जातकोमा बढि चासो दिन्छन् । यो युरेका जाताको कागतीलाई चस्मे कागती पनि भनिन्छ । 

    आकर्षक दाना, पँहेलो गाढा फल र सुगन्धित हुन्छ । यसको बोट र पातको रङ्ग सधैं चम्किलो हरियो हुने गर्छ। कौशी सुन्दर वास्नादार बनाउँछ । 

    मध्यम आकारको बोट हुने भएकोले सानो क्षेत्रफलमा सुहाउँदो  र आकर्षक देखिन्छ । 

    बोटमा काँडा नहुने, त्यति धेरै काँटछाँट गरिरहनु नपर्ने हुँदा सुरक्षित तरिकाले बिरुवाको व्यवस्थापन गर्न सकिन्छ। 
     युरेका जातको कागतीमा यस्ता छन् विशेषताः 


    १. युरेका जातको कागती यो वर्षभरि नै फल्छ ।

    २. कलमी बिरुवा रोपेकै १ २ बर्षबाट नै फल दिन्छ । 

    ३. यो जातको फलको साइज मध्यम तर, रस र अमिलोपनाको मात्रा धेरै हुन्छ ।

    ४. चार महिनाको अन्तरमा फल दिने भएकाले यसलाई चौमासे कागती पनि भनिन्छ ।

    ५. यसमा लाग्ने फूल सुगन्धित हुनेगर्छ भने फल गाढा पहेँलो रंगको हुने गर्छ  ।  तर यसको बोट र पातको रङ्ग सधैं चम्किलो हरियो हुने गर्छ ।

    ६. कोशीमा लगाउँदा घरको कौशीलाई नै सुन्दर बगैँचाजस्तै बनाउँछ।

    ७. युरेका जातको कागतीको बोट मध्यम आकारको हुने भएकाले गमला, ग्रो ब्याग वा कौशीमा लगाउँदा आकर्षक सुहाउँदो देखिन्छ  ।

    ८. फलको बोक्रामा तेलको मात्रा धेरै हुने हुँदा यसलाई यूरोप तथा अमेरिकामा सलादको ड्रेसिङ्ग, लेमोनेड़ र बेकिंग कार्यमा बढी प्रयोग गरिन्छ। हामीले पनि प्रयोगमा ल्याउन सक्छौं ।

    ९. अकार लाम्चो हुँदा नेपालीहरुले तेती रुचाएको देखिदैन तर, औद्योगिक प्रयोजनको लागि एकदम धेरै माग हुन्छ ।

    १०. लेमन जुस, अचार, साबुन सोडा आदि उत्पादन बनाउन बढी प्रयोग गरिन्छ।

    साताको लोकप्रीय