काठमाडौँ / नेपाल हस्तकला महासंघले सामाजिक उत्तरदायित्वको वहन गर्दै अस्पताल र आइसोलेसन सेन्टरहरूमा व्यक्तिगत सुरक्षा (पिपिई)सेट लगायतका स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको छ ।
महासंघले यही जेठ १२ गते बुधबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान (पाटन अस्पताल)लाई उक्त स्वास्थ्य सामग्रीरू हस्तान्तरण गरेको हो ।
कोभिड १९ बिरामीहरुको उपचारार्थ स्वास्थकर्मीहरूको लागि निरन्तर रूपमा चाहिने स्वास्थ साम्रगीहरू अस्पतालमा कार्यरत स्वास्थकर्मीहरूलाई कोभिड संक्रमित बिरामीहरूलाई उपचारको क्रममा उपयोगी हुने महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले पिपिई सेट लगायत फुट कभर, ग्लोभ्स, सर्जिकल मास्क, फेस सिल्ड र सेनिटाइजर परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी प्रशासकीय अधिकृत रानु थापा, शुक्रराज टकपिकल तथा सरुवा रोग अस्पतालका सागर राजभण्डारी र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक रवि शाक्यलाई हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा महासंघका अध्यक्ष शाक्यसँगै वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य लगायत कार्यसमिति सदस्य जीवन शाक्य, सबिता सिं, राजेन्द्र शाक्य, विक्रम सिं महर्जनको पनि सहभागिता रहेको थियो ।
साथै महासंघले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा पनि पिपिई सेट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
क्षेत्रपाटी निशुल्क चिकित्सालय र ललितपुर स्थित च्यासल, नागबहाल, पुल्चोकको अक्षेश्वरमहाविहार लगायत चाकुपाट १२ वडामा रहेका आइसोलेसन सेन्टरहरुमा पनि विभिन्न स्वास्थ्य सामग्री दिई सहयोग गरिएको थियो ।
महासंघद्वारा जम्मा १००० थान फुट कभर, १८० बक्स ग्लोभ्स, १०००० पिस सर्जिकल मास्क, २०० पिस ल्ढछमास्क, १००० थान फेस शिल्ड, १०० थान पिपिई सेटर ४० जार सेनिटाइजर स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।