काठमाडौँ / कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।
यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरूको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक हो ।
यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।
यो दुवै सडक र हवाईद्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिन्छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरूमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरू पनि पैदा हुने छैन ।
प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रियसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरूको माग गरिसकेको छ ।
कोका–कोला फाउन्डेशनका प्रेसिडेन्ट र अक्ष्यक्ष बीए पेरेजले भने “हामीलाई थाहा छ कि हामी कोेभिड–१९ को संकटबाट अझै पूर्ण रुपले मुक्त भएका छैनौँ । हामी नेपालमा कोभिड–१९ का बिरामीहरुको लागि थप अक्सिजनको उपलब्धता सिजर्ना गर्ने क्रियसनको प्रयासलाई समर्थन गर्दछौँ र यसमा हामीले हाम्रो स्रोतहरु प्रयोग गर्न पाउँदा निकै गर्व महसुस गरेका छौँ ।”
अक्सिजन उत्पादन गर्ने युनिटले २०हजार भन्दा बढी मानिसहरूलाई लाइफ सेभिङ्ग अक्सिजनको सप्लाईले ठूलो फाइदा हुनेछ । १८ हजार भन्दा बढी अस्पतालको बेडहरुले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउँनेछन ।
५ हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ । स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुनेछ ।
क्रियसनका फाउन्डर र प्रेसिडेन्ट आनन्द मिश्राले भने,“अन्य प्लेटफर्महरुसँगको सहकार्यमा क्रियसनले शुरू गरेको अक्सिजन फर नेपाल नेपालमा कोभिड–१९ विरुद्ध सबैभन्दा ठूलो गैर–सरकारी ह्युमानिटेरियन रेस्पन्स हो । हामीले यस महामारीको लागि आर्थिक संकलन गरेर र आवश्यक चिकित्सा वस्तुहरूको माध्यमबाट निरन्तर जवाफ दिइरहेका छौँ ।”
उनले कोका–कोला फाउन्डेशनलाई सहयोगका लागि धन्यवाद दिए । उनले भने “हामी आशा गर्दछौँ कि कोका–कोला फाउन्डेशनको सहयोगको साथ हामी अझै धेरै मानिसको जीवन बचाउन सक्नेछौँ ।”