शनिबारसम्म कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको जोखिम ? हेर्नुस् मौसमविद्को पूर्वानुमान 

शनिबारसम्म कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको जोखिम ? हेर्नुस् मौसमविद्को पूर्वानुमान 

अर्थ डबली
बिहिवार, असार ३ २०७८
अर्थ डबली
बिहिवार, असार ३ २०७८ (अर्काइभ बाट)
  • शनिबारसम्म कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको जोखिम ? हेर्नुस् मौसमविद्को पूर्वानुमान 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । 
     
    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    images
    images

    देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ असार ३  गते (बिहीबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

     २०७८ असार ४  गते (शुक्रबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

     राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७८ असार ५  गते (शनिबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका  एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित  भारी वर्षाको सम्भावना छ ।

     
    राती :  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका  एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित  भारी वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको केहि भूभागमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

    साताको लोकप्रीय