कर्पोरेट डेभलपमेण्ट बैंकले बोलायो १३औँ बार्षिक साधारण सभा, मर्जरसम्बन्धी विशेष प्रस्ताव लाने

कर्पोरेट डेभलपमेण्ट बैंकले बोलायो १३औँ बार्षिक साधारण सभा, मर्जरसम्बन्धी विशेष प्रस्ताव लाने

अर्थ डबली
शुक्रवार, असार ४ २०७८
अर्थ डबली
शुक्रवार, असार ४ २०७८ (अर्काइभ बाट)
  • कर्पोरेट डेभलपमेण्ट बैंकले बोलायो १३औँ बार्षिक साधारण सभा, मर्जरसम्बन्धी विशेष प्रस्ताव लाने

    काठमाडौंँ / कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले १३ औँ बार्षिक साधारण सभा बोलाएको छ । बैंकले यही असार २५ गते शुक्रबार बैंकको प्रधान कार्यालय, आदर्शनगर, वीरगञ्ज, पर्सामा साधारणसभा बोलाएको हो ।

    images
    images

    सभाले आर्थिक बर्ष २०७६/०७७ को सञ्चालक समितिको बार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ भने लेखा परीक्षकको प्रतिवेदन आर्थिक बर्ष २०७६/०७७ को असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक बर्ष २०७६/०७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी स्वीकृत गर्नेछ । 

    साधारण सभाको विशेष प्रस्तावमा सो बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा बैंकको चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्ने मान्तया प्राप्त मूल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्त गर्ने, नीजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्ने रहेको छ ।

    अतः सभाले गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र अन्य प्रक्रिया पूरा गरी एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्य पूरा गर्न, एक आपसमा गाभिनेसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरू बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरू पूरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने वा सो सन्दर्भमा नियामक निकायहरूले निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने बताइएको छ । 

    1.JPG

    corporate development bank.JPG

    साताको लोकप्रीय