स्वीस बैंकमा निक्षेप : बढी रकम जम्मा गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल चौथो 

स्वीस बैंकमा निक्षेप : बढी रकम जम्मा गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल चौथो 

अर्थ डबली
आइतवार, असार ६ २०७८
अर्थ डबली
आइतवार, असार ६ २०७८ (अर्काइभ बाट)
  • स्वीस बैंकमा निक्षेप : बढी रकम जम्मा गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल चौथो 

    स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको पाइएको छ । 

    images

    स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार बढी निक्षेप राख्नेमा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल रहेको छ ।

    सर्वाधिक बचतको हिसाबले दक्षिण एशियामा पहिलो नम्बरमा भारत छ । भारतको २ अर्ब ५५ करोड २६ लाख, दोस्रोमा पाकिस्तानको ६४ करोड २२ लाख, बंगलादेशको ५६ करोड २९ लाख (स्वीस फ्रयाङ्क) बचतमा रहेको सार्वजनिक गरिएको तथ्यांकले देखाउँछ । त्यसपछि चौथोमा नेपाल रहेको छ । 

    सार्वजनिक तथ्यांकअनुसार २०१९ मा स्वीस बैंकमा नेपालीको निक्षेप १७ करोड ५९ लाख स्वीस फ्रयाङ्क अर्थात् रू. २२ अर्ब ५३ करोड रहेको थियो । सन् २०२० मा ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्वीस फ्रयाङ्क (शनिवारको विनिमय दरअनुसार नेरू. ४६ अर्ब २२ करोड) निक्षेप रहेको छ ।

    नेपालमा माओवादी द्वन्द्व शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्वीस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ । स्वीस नेशनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार १९९६ मा ४ करोड ७५ लाख स्वीस फ्रयाङ्क जम्मा गरेको देखिन्छ ।

    द्वन्द्वकालको १० वर्षे अवधिमा ८ करोड ९७ लाख स्वीस फ्रयाङ्क  स्वीस  बैंकमा जम्मा गरेको तथ्यांकले देखाउँछ । 

    स्वीस बैंकहरूले पहिलेदेखि नै आफ्ना ग्राहकको व्यक्तिगत सूचना सार्वजनिक नगर्ने भएकाले नेपालीहरूले पनि गैरकानूनी ढंगले कमाएको पैसा राखेका हुन सक्ने आकलन गरिँदै आएको छ । स्वीस बैंकमा जम्मा भएको यो रकम विदेशमा रहेका नेपालीहरूको समेत भएको बताउने गरिएको छ । 

    २०२० मा ट्याक्स जस्टिस नेटवर्कले वित्तीय गोपनीयता सूचकमा स्वीजरल्यान्डलाई तेस्रो स्थानमा राखेको थियो ।
    यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ । 

    साताको लोकप्रीय