आज यी चारओटा प्रदेशमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षा हुने, सतर्क रहन मौसमविद्को आग्रह 

आज यी चारओटा प्रदेशमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षा हुने, सतर्क रहन मौसमविद्को आग्रह 

अर्थ डबली
मंगलवार, असार ८ २०७८
अर्थ डबली
मंगलवार, असार ८ २०७८ (अर्काइभ बाट)
  • आज यी चारओटा प्रदेशमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षा हुने, सतर्क रहन मौसमविद्को आग्रह 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

    images
    images

     देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश न २ र  वाग्मती प्रदेशका एक दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र  सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

     देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

    साताको लोकप्रीय