व्यावसायिक च्याउ खेती गर्दै हुनुहुन्छ ? रोग किराहरु र यसको रोकथाम बारे जान्नै पर्ने ७ टिप्स 

व्यावसायिक च्याउ खेती गर्दै हुनुहुन्छ ? रोग किराहरु र यसको रोकथाम बारे जान्नै पर्ने ७ टिप्स 

अर्थ डबली
मंगलवार, असार १५ २०७८
अर्थ डबली
मंगलवार, असार १५ २०७८ (अर्काइभ बाट)
  • व्यावसायिक च्याउ खेती गर्दै हुनुहुन्छ ? रोग किराहरु र यसको रोकथाम बारे जान्नै पर्ने ७ टिप्स 

    तपाईले घरमै बसेर सानो क्षेत्रफलमै च्याउखेती गर्न सक्नुहुन्छ ।  पछिल्लो समय च्याउखेती प्रणालीमा आएको आधुनिक विकास र प्रविधिका कारण व्यवसाय गर्न सजिलो पनि छ । 
    च्याउ खाने मानिसहरू बढ्दो छ । बजार आकर्षण व्यवसायिक उन्नति हुने हुँदा कृषकहरु छोटो समयमै लाभान्वित भएका पनि छन् । 

    images
    images
    images


    घरमा खेती गर्नको लागि सबैभन्दा सजिलो च्याउ भनेको कन्ये च्याउ नै हो। दुई जातका कन्ये च्याउ प्लुरोट साजोर र प्लुरोट ओइस्ट्राटस मध्ये आफूलाई उपयुक्त हुने बीउ छानेर लिन सकिन्छ।  समय परिस्थिति मौषम हेरेर लगाउनुपर्दछ । च्याउखेती कस्तो ठाउँमा हुन्छ कसरी गर्ने विधि अर्को स्टोरीमा लेख्ने छौं  आवश्यक परे कमेन्ट बक्समा तल गर्नुहोला । तर, केके सामाग्री चाहिन्छ र रोग किरा केके लाग्न सक्छन् बुझौं ।

    आवश्यक केके सामाग्रीहरू चाहिन्छ ?

    च्याउ खेति गर्न प्लास्टिक ब्याग, प्लास्टिक सिट, छुरी र हँसिया, चप्पर, डोरी, ड्रम, बाल्टिन, स्टोभ, दाउरा, चुलो, मट्टितेल, पराल, च्याउको बीउ, सिन्का र  तार, अल्कोहल, स्प्रिट, डिटोल, तराजु, मुखमा लगाउने मास्क, गमबुट, स्प्रेयर ट्याङ्क,  विषादी, पी। एच। पेपर र थर्मोमिटर आवश्यक हुन्छ । 

    chyau a.JPG

    १. हरियो ढुसी

    कन्ये च्याउ खेतीमा लाग्ने सबै भन्दा ठूलो रोग हरियो ढुसी हो। यसलाई खेती गर्दा सफा हावा चल्ने र सफा पराल हुनुपर्छ। 
    सफाइ र औषधीको तालिका बमोजिम काम गर्नुपर्छ। यसरी पनि पोकामा हरियो ढुसी देखियो भने तालिका अनुसारको फर्मालिन र वेभिस्तिनको झोल बनाइ हरियो ढुसी आएको भागको प्लास्टिक आधा इन्चको फरकमा चिरेर औषधी झुम्रामा राखी केही मोडे जसरी हरियो ढुसी आएको भागमा लगाए नियन्तण हुन्छ।

    २. कालो टिकाः
     
    कुनै बीउ खराब हुने हुँदा पोका पारेको केही दिनपछि वीउबाट नै कालो टिका देखिन्छ। यो कालो टिका वीउबाट आउने हुँदा पोकामा वीउ राख्दा राम्ररी ध्यान पुर्याएर हेर्नुपर्छ।

    ३. पोकाको केही भागमा देखिने कालोः

    बफ्याउँदा नपाकेको परालमा वीउ बाँच्न नसक्दा पराल कालो देखिन्छ। तसर्थ पराल  बनाउँदा ख्याल गर्नुपर्छ।

    ४. भुसुना र किराः
     
    च्याउमा बास्ना चल्ने भएकाले पोका पारेको लगत्तै च्याउको ढुसी खान भुसुना आउँछन। यसको लागि झ्यालमा झुल लगाउनुपर्छ र औषधी स्प्रे गर्नुपर्छ।

    ५. पोकामा पर्ने किराः
     
    च्याउ ढुसी भुसुनाले खाएपछि ठूलो संख्यामा फुल पार्छ र पछि किरामा परिणत हुन्छ । यसैले भुसुना नियन्त्रण गर्नुपर्छ।

    kanne chyau.JPG

    ६.सुन्तले रंगको किराः
     
    च्याउ फल्दै गरेको बेलामा च्याउमा यस्तो किरा लाग्छ । सुन्तले रंगको किराको लागि १ एम. एल. डेसिसमा ४ एम.एल नीम तेल प्रतिलिटर पानीमा राखेर स्प्रे गर्ने ।

    ७. चिप्ले किराः 
    यो किरालार्इ बाटामा औषधि छरेर नियन्त्रण गर्ने । छाप्रो भित्र पानी जम्ने खाल्डो नराख्ने, छाप्रो भित्र जथाभाबी मान्छेलाई पश्न नदिने, च्याउमा हाल्ने पानी पोटास हालेर मात्र प्रयोग गर्ने ।

    साताको लोकप्रीय