आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा हुनेछ अत्याधिक बर्षा, सतर्क रहन मौसमविद्को आग्रह

आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा हुनेछ अत्याधिक बर्षा, सतर्क रहन मौसमविद्को आग्रह

अर्थ डबली
बुधवार, असार ३० २०७८
अर्थ डबली
बुधवार, असार ३० २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा हुनेछ अत्याधिक बर्षा, सतर्क रहन मौसमविद्को आग्रह


    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    images
    images

    अहिले देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का  वर्षा भईरहेको छ।

     आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ असार ३० गते (बुधबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।
     
    राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, प्रदेश नं २,बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।
     
     २०७८ असार ३१ गते (विहिबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, लुम्बिनी  प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश का एक दुई स्थानमा मेघगर्जन  रचट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

    २०७८ साउन १ गते (शुक्रबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै  प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले साथै प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना पनि रहेकोले  पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 
     

    साताको लोकप्रीय