माछापुच्छ्रे बैंकले ३०,००,००० कित्ता ऋणपत्र जारी गर्यो, सर्वसाधरणलाई कति कित्ता ?

माछापुच्छ्रे बैंकले ३०,००,००० कित्ता ऋणपत्र जारी गर्यो, सर्वसाधरणलाई कति कित्ता ?

अर्थ डबली
बिहिवार, असार ३१ २०७८
अर्थ डबली
बिहिवार, असार ३१ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकले ३०,००,००० कित्ता ऋणपत्र जारी गर्यो, सर्वसाधरणलाई कति कित्ता  ?

    काठमाडौं / माछापुच्छ्रे बैंक लिमिटेडले आकर्षक व्यादर दिएर ऋणपत्र जारी गरेको छ । बैंकले रु.१,००० अङ्कित दरका ३०,००,००० कित्ता ऋणपत्र आज बिहिबार देखि जारी गरेको हो । 

    images
    images

    बैंकले वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदरसहित ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । 

    नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल रु. १ अर्व २० करोड ऋणपूँजि रकम (५ प्रतिशत अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको) छुट्याएको जनाएको छ ।

     यस्तै, सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने  बाँकी १८ लाख कित्ता अर्थात कुल रु. १ अर्ब ८० करोड ऋणपूँजि रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ । 

    इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन गर्नु पर्नेछ । 

    बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुने बैंकले आफ्नो विज्ञप्तिमा जनाएको छ ।


    कसरी  ऋणपत्र भर्ने ?

    माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले क्ष्ऋच्ब्ल्ए(क्ष्च् “ब्(२” रेटिङ्ग प्राप्त गरेको छ ।  क्ष्ऋच्ब् ल्भउब िले प्रदान गर्ने उक्त रेटिङ्गलेमाछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।  

    माछापुच्छ्र बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट सेवा प्रवाह गरिरहेको छ । 

    ९ लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

    साताको लोकप्रीय