आजको मौसम : यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित अत्याधिक बर्षा हुने 

आजको मौसम : यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित अत्याधिक बर्षा हुने 

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • आजको मौसम : यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित अत्याधिक बर्षा हुने 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

    images
    images

    हाल देशभर सामान्य देखि पुर्ण बदली  रही रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश  र  सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी , लुम्बिनी  तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। साथै सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी , लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। साथै सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको  छ।

    साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

    साताको लोकप्रीय