३५ करोड लागतमा  हेटौँडामा बस टर्मिनल निर्माण,अत्याधुनिक सुविधा

३५ करोड लागतमा  हेटौँडामा बस टर्मिनल निर्माण,अत्याधुनिक सुविधा

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • ३५ करोड लागतमा  हेटौँडामा बस टर्मिनल निर्माण,अत्याधुनिक सुविधा

       

    images
    images

    वाग्मती/ वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क) निर्माणले तीव्ररूप लिएको छ । गत आर्थिक वर्ष ०७७÷०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर महतले बताए । 

    हेटौँडा–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको हो । कूल रु ३५ करोड लागतमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी रसुवा आशिष जेभी निर्माण सेवालाई जिम्मा दिइएको उपमहानगरप्रमुख महतले बताए ।  सुन्दर बसपार्कसहितको व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको छ । तीन तल्ला संरचनामा निर्माण सम्पन्न हुने कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो । बहुवर्षीय योजनाअनुसार बसपार्क निर्माणको काम भएको हो । 

    आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा थप उपचार सेवा

    वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (साविकको अञ्चल आयुर्वेद औषधालय) ले न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको छ । यसअघि सबै सेवा निःशुल्क प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रले सेवा विस्तारसँगै न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको हो । 

    यद्यपि औषधि भने निःशुल्क उपलब्ध गराइने छ । स्वास्थ्यकेन्द प्रमुख डा सृष्टि श्रेष्ठका अनुसार हाल प्रदान गर्दै आइरहेको सेवाअन्तर्गत ओपिडी सेवा, फिजियोथेरापी, पूर्वकर्म, पञ्चकर्म, योग क्षारसूत्र, प्रयोगशाला परीक्षणलगायतका सेवालाई सःशुल्क बनाइएको हो ।

    बिरामीले स्वास्थ्य केन्द्रमा ओपिडी सेवा लिएबापत रु २० तथा फिजियोथेरापीको सेवा लिएबापत रु १०० शुल्क तिर्नुपर्ने जनाइएको छ । अन्य सेवाको पनि न्यूनतम शुल्क तोकिएको छ । स्वास्थ्य केन्द्रबाट हाल २३ किसिमका औषधि निःशुल्क वितरण गरिँदै आइरहेको छ । 

    साताको लोकप्रीय