आजदेखि तेह्रथुम पावर कम्पनीको आइपिओ निष्काशन तथा बिक्री खुला, कहिलेसम्म दिन सकिनेछ आवेदन ? 

आजदेखि तेह्रथुम पावर कम्पनीको आइपिओ निष्काशन तथा बिक्री खुला, कहिलेसम्म दिन सकिनेछ आवेदन ? 

अर्थ डबली
मंगलवार, साउन ५ २०७८
अर्थ डबली
मंगलवार, साउन ५ २०७८ (अर्काइभ बाट)
  • आजदेखि तेह्रथुम पावर कम्पनीको आइपिओ निष्काशन तथा बिक्री खुला, कहिलेसम्म दिन सकिनेछ आवेदन ? 

    काठमाडौँ / तेह्रथुम पावर कम्पनी लिमिटेडले आज मंगलबारदेखि स्थानीय तथा आयोजना प्रभावितहरूका लागि आइपिओ जारी गर्ने भएको छ ।

    images
    images

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा तेह्रथुम जिल्लामा स्थायी बसोबास गर्ने स्थानीयहरूका लागि सार्वजनिक निष्काशनमार्फत ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूको लागि सार्वजनिक निष्काशनको लागि छुट्याएको आफ्नो ४० करोड रुपैयाँमध्ये ३० प्रतिशत अर्थात १२ करोड रकम बराबरको प्रति शेयर रु. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । जसमध्ये कम्पनीले स्थानीय तथा आयोजना प्रभावितका लागि छुट्याएर बाँकी रहेको २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता अन्य सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

    सर्वसाधारणका लागि छुट्याएको ८ लाख कित्तामध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । 

    आइपिओ खरिदका लागि छिटोमा साउन १९ गतेसम्म र उक्त मितिमा शेयर बिक्री नभएमा ढिलो मिति भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते आइपिओ निष्काशनका लागि अनुमति प्राप्त गरेको थियो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

    कम्पनीको आइपिओलाई इक्रा नेपाल लिमिटेडले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने डब्बल बि रेटिङ्ग प्रदान गरेको छ । 

    आइपिओ खरिदका लागि बिक्री प्रबन्धकका साथै सि आस्वामा सहभागी भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । 

    साताको लोकप्रीय