काठमाडौं/ नेपाल सरकारलाई १९ अर्ब ७४ करोड रूपैयाँ बराबरको ऋण रकम एसियाली विकास बैंक (एडिबी) ले उपलब्ध गराउने भएको छ । तर, उक्त रकम कोरोना भाइरस विरूद्धको खोप कार्यक्रम संचालनका दिन लागिएको हो ।
कोरोना भाइरस फैलन नदिन अत्यावश्यक खोप खरिदका लागि नेपाल सरकारलाई बैंकले सहयोग गर्दै आएको र अझै गरिने बैंकका अध्यक्ष मासासुगु आसाकावाले बताए ।
ऋण रकमबाट मुलुकमा खोप अभियान अझै प्रभावकारी बन्ने स्थिति देखिएको छ ।
समयमै खोप पाउन नसकेर भाइरस संक्रमणको जोखिम मोलेर बसेका नेपालीहरुका लागि खोप लगाउन पाउने विषय सुनिश्चित बन्दै गएको छ ।
उक्त रकमले १ करोड ५९ लाख डोज खोप खरिद गर्न सकिन्छ । जसले मुलुकमा ६८ लाख नेपाली लाभान्वित हुनेछन् ।