काठमाडौं / आज शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष ओलीप्रति व्यङ्ग्य गर्दै भने – माहाराजले हामीलाई आममाफी दिनु भो हामी गदगद भयौं ।
हिजो विहिबार अध्यक्ष ओलीले बाटो विराएकाहरुलाई आममाफी दिदै पार्टीमा आउन आव्हान गरेका थिए । उक्त भनाईको प्रतिवाद गर्दै वरिष्ठ नेता नेपालले ओली अझै नसुध्रिएको बताए।
आफूले सिंगो कम्युनिष्ट पार्टी एकताबद्ध बनाएर जान चाहेको नेता नेपालले उल्लेख गरे । तर, दलाल पुँजीपति वर्ग त्यसमा पनि आसेपासे पुँजीवादले कम्युनिष्टलाई गाँजेको उनको तर्क गर्दै अध्यक्ष ओलीको वरिपरि घुम्ने दलालहरुले कम्युष्टि मास्न लागेको उनको आरोप थियो ।
त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आज शुक्रबार आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्गट र आगामी बाटो’ विषयक कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।
माधव नेपाललगायत माननीय सदस्यमाथि आममाफी दिइन्छ भनेर महाराजधिराजबाट हिजो आदेश आयो उनले भने ।
हामीलाई आममाफी भएछ भनेर गदगद भएर हाँस्नु, उनले भने ।
स्पष्टीकरण सोध्नु गलत भएको नेता नेपालले बताए । डोरी जल्यो तर, त्यसको गाँठो जस्ताको तस्तै भएको उनले टिप्पणी गरे ।
‘माधव नेपाललाई तर्साए तर्सिन्छ भन्न खोजिएको होला तर, कसैले तर्साउँदैमा तर्सिने व्यक्ति होइन । कस्ता कस्ता त कहाँ गए ...हामी विशेष धातुले बनेका हौं, उनले भने ।